जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्प

104

काठमाडौँ, १९ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ रेक्टर र बिहान ४ः५३ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । शुक्रबार राति ११ः४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाइ आधा दर्जनभन्दा बढी पराकम्पनहरू गइरहेका छन् ।

शुक्रबारको भूकम्पले जाजरकोट र रूकुम पश्चिमा जनधनको क्षति पुर्‍याएको छ । शनिबार रातिसम्मको विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । भूकम्पले २०० भन्दा बढी घाइते भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...