भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा मृत्यु हुनेको संख्या १२८ जना पुग्यो [अपडेट]

32

काठमाडौँ, १८ कात्तिक । भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा गरी हाल १२८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा १५५ जना घाइते भएको छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै, रूकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

गएराति ११ः४७ बजे जाजरकोटको बारकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...