भूकम्पमा परी आठबीसकोट र सानीभेरीमा २७ जनाको मृत्यु [अपडेट]

123

रूकुम पश्चिम, १८ कात्तिक । भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउपालिका–२ चाइनाबगरमा ७ जनाको मृत्यु भएको छ । उनका अनुसार हालसम्म ४६ जना घाइते भएको विवरण प्राप्त भएको छ ।

प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठुलो मानवीय क्षति भएको छ ।

हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरूको जिल्ला अस्पताल सल्ले, आठबीसकोट–९ राजी नगर अस्पतालमा उपचार भइरहेको चौजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिए ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...