भूकम्पमा परेर नलगाड नगरपालिकाका उपप्रमुखको मृत्यु

61

काठमाडौँ, १८ कात्तिक । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ ।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले बताए । उपमेयरका काका जय सिंहले पनि भुइँचालोमा परेर उनको मृत्यु भएको पुष्टि गरे ।

त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन् ।

नलगाड नगरपालिका–८ मैदीकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।

शुक्रबार राति जारजकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले हालसम्म ३६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...