नागरिकताको काम छिटो छरितो गर्नुपर्छ : मन्त्री श्रेष्ठ

14

काठमाडौँ, १७ कात्तिक । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानुनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकहरूको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

गुठी संस्थानको ६०औँ वार्षिकोत्सम समारोह शुभारम्भ गर्दै उनले नागरिकको काम छिटोछरितो गरी उनीहरूलाई सहज सेवा प्रदान गर्ने दायित्व कर्मचारीको भएको बताइन् ।

कतिपय अनियमिततको कार्यमा कर्मचारी नियम मिचेर काम गर्ने गरेको गुनासो आएको बताउँदै उनले त्यस्तो कार्यमा कसैको संलग्नता पाइएमा कारबाही गर्ने प्रतिवद्धता जनाइन् ।

मन्त्री श्रेष्ठले गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्ने अथवा माथिल्लो निकायको आदेश भनेर कानुनविपरीत काम गर्ने कर्मचारी कारबाहीको भागेदार हुने उल्लेख गरिन् ।

संस्थानमा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको चर्चा गर्दै उनले त्यसको समाधानका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण तथा नियमन गर्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भनिन्, “कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव छ, ती समस्या समाधान गर्न हामी छिट्टै ऐन संसद्‌मा पेस गर्ने तयारीमा छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...