निषेधित तथा म्याद गुज्रिएको औषधिसहित ३ जना पक्राउ

13

सुनसरी, १६ कात्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारबाट निषेधित तथा म्याद गुज्रिएको औषधि बिक्री वितरण गर्ने पसल सञ्चालक र निषेधित औषधि खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र–५ कालाबञ्जारमा रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधिहरु बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा औषधि बिक्री गर्ने पसल सञ्चालक स्थानीय ५० वर्षीय विनय चौधरी, औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका–८ का २१ वर्षीय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका–३ का २१ वर्षीय विधान राई रहेका छन्

उनीहरुको साथबाट प्रहरीले निषेधित औषधि हाइड्रोक्लोराइड र फेनिलेफ्राइन हाइड्रोक्लोराइड एन्टिकोफ ट्याबलेट १ हजार १८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको सिरप २० पिस, क्रिम १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ ।

निषेधित तथा म्याद गुज्रिएको औषधि बिक्रीवितरण तथा खरिद गर्ने उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागको कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...