अरिंगालको टोकाइबाट १ जनाको मृत्यु

20

इलाम, १५ कात्तिक । इलामको इलाम नगरपालिका–१२ साङरुम्बामा अरिंगालको टोकाइबाट १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार बिहान ९ बजे छिमेकिको बारीमा भुईँमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिंगालले टोकेर स्थानीय ५९ वर्षीय याम बहादुर लिम्बू र उनका जुवाइँ ३० वर्षीय सन्तोष लिम्बू घाइते भएका थिए ।

अरिंगालको टोकाइबाट घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको थियो । तर, सन्तोष लिम्बूको उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तासिटी अस्पताल झापा लगिएकोमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको हो ।

घटना सम्बन्धामा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...