दमक, १५ कात्तिक । झापाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–४ हुक्कागाछीको एक घरबाट ३ लाख रूपैयाँभन्दा बढीको प्रतिबन्धिक पटका बरामद गरेको छ ।
सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले आज बिहान ८ बजे स्थानीय कारी अन्सारीको घरमा छापा मारी ३ बोरा पटका, १ बोरा बिडी र चुरोट बरामद गरेको हो ।