प्रधानाध्यापक हत्या प्रकरणमा १० जना पक्राउ

52

बारा, १५ कात्तिक । स्थानीय बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म ५ जना भारतीय र ५ जना नेपालीलाई मंगलबार पक्राउ गरिएको छ । सर्राफसँग प्रेम सम्बन्धमा रहेकी भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...