गुटेरेसले नेपालबारे राम्रो मूल्यांकन गर्नुभयो : ओली

25

काठमाडौँ, १४ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्लाई गरेको सम्बोधान धेरै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार महासचिव गुटेरेसले संघीय संसद्लाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् । उनले संसद्‌मा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिए । उनले महसचिव गुटेरेसले नेपालबारे राम्रो मूल्यांकन गरेको धारणा राखे ।

गुटेरेसले पीडित केन्द्रित भएर सर्वोचच अदातल र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कमनासमेत गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...