गुल्मीमा जंगली च्याउ खाँदा तीन जना बिरामी

14

गुल्मी, १४ कात्तिक । जंगली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीा सरिता कुमाल, ११ वर्षीय विमल र ८ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरू तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनीहरू घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...