गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

20

बारा, १३ कात्तिक । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको मृत्यु भएको छ ।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार स्वर्णकारको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । बाराको कलैया उपमहानगरपालिका–६ मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो ।

बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार भएको थियो । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया–६ का बासिन्दा हुन् ।

गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...