माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

12

मोरङ, १३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–८ भलुवाईस्थित माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ ।

आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका–१० की २८ वर्षीया सुनिता राजबंशीले घाइते भएकी थिइन् ।

माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनीसँगै माटो खोज्न गएकी गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् ।

गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...