कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : देउवा

27

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको जनाएका छन् ।

दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिनेक्रममा उनले पार्टीभित्रको समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

“पार्टीभत्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन । तपाईंहरूले भनेको कुरा सत्यो होइनन् नि । मेलमिलाप गर्न खोजिराखेको छु । कहीँ समस्या छ भने समाधान गर्छु,” उनले भने ।

सभापति देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरूपमा लिएको बताए । उनले भने,“दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।”

राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । “राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...