एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

15

तुलसीपुर, ११ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका ८ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिए ।

उनले आधारभूत विश्वव्यापी मान्यताअनुरूप नै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए ।

महासचिव पोखरेलले घोराही–तुलसीपुर चार लेन निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैंकको लगानीमा सुरू भए अवस्था सुधार नहुने बताए । “फेरि पनि एक्जिम बैंकले चारलेन बनाउने कुरा आएको छ । नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन,” उनले भने, “एक्जिम बैंकले नै बजेट दिएर ४ लेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...