‘नेपालको भूमि अरू भूमिसँग साटिनु हुँदैन’

17

भक्तपुर, ११ कात्तिक । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् ।

भक्तपुरको ल्यासिंखेलमा सुरू भएको २ दिने ४३औँ नेपाल भाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन)मा बोल्दै उनले नेपालको भूमि सामरिक महत्त्वको क्षेत्र भएकाले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन् । उनले भने, “पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन ।”

कार्यक्रममा बिजुक्छेँले जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इञ्जिनियर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाएर नगर २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे ।

Share This:
सम्बन्धित खबर
Loading...