श्रीमान्‌ले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

49

खोटाङ, १० कात्तिक । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्‌ले गएराति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।

श्रीमान्‌–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब २०० मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमान्‌लाई गएराति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

मृत श्रीमतीको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतिका दुई छोरी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...