बडादसैँ परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी

14

काठमाडौँ, ७ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताएकी छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले बडादसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव र सहिष्णुता अभिवृद्धि भइ राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिन् ।

“देशविदेशमा छरिएका परिवारका सदस्यबीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले गर्दा बडादसैँ परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ ,” उनले शुभकामना सन्देशमा भनेकी छन् ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतिकका रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले देश र परदेशमा रहेका परिवारका सदस्य भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...