पाल्पामा फेरि दुर्घटना, ५ जना घाइते

41

पाल्पा, ६ कात्तिक । पाल्पाको रम्भा गाउँपालिका–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी रम्भा–४ रमाईडाँडा बस्ने २३ वर्षीय कृष्ण सारू, सोही स्थानका २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिल बहादुर कवमगर, १९ वर्षीय मोहन सिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पाल्पामा आइतबार साँझ भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...