पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

22

पाल्पा, ५ कात्तिक । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जिप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । जिप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...