मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैन : शंकर पोखरेल

14

देउखुरी, ५ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको विजय दशमी, दीपावली, नेपाल सम्वत् ११४४ र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीतिक दल खोजेको बताए ।

उनले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरे । अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने उनको तर्क थियो ।

दसैँ पारिवारिक मिलन र सद्‌भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको उनले बताए । सहर र गाउँलाई दसैँले जोडेको उनले उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...