आगामी चुनावमा गठबन्धन गरे कांग्रेस एक रहन्न : महामन्त्री थापा

21

काठमाडौँ, २ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।

बिहीबार प्रेस युनियन काठमाडौँले बत्तीसपुतलीमा आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका हुन् । “अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गर्‍यो भने पार्टी एक रहन्न,” उनले भने ।

अर्को चुनाव आउन ४ वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रूवाबासी भइरहेको उनले बताए । तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउँदै उनले भने, “जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ । के बर्बाद छ भन्दा ०८४ मा त हारिन्छ भन्ने । यस्तो किन भइरहेको छ ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ ?” उनले यसका बारेमा पार्टीमा सघन छलफल गर्नुपर्ने बताए ।

यस्तै, फागुन १ गतेलाई कांग्रेसले जनयुद्ध दिवसको रूपमा मान्न नसक्ने पनि उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...