नेता खनाल चीन प्रस्थान

30

काठमाडौँ, २९ असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एन्ड रोड फोरम (बिआरएफ)मा सहभागी हुन उनी गएराति चीन प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय विदेश विभाग सचिव डा.शंकर खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बिआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्राडा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन् । नेता खनाललगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कन कार्यक्रम रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...