मतदान सकिएको आधा घन्टामा परिणाम सार्वजनिक गर्छौँ : चिरञ्जीवि ढकाल

33

काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढिरहेको जानकारी दिएका छन् ।

अक्टोबर १२ देखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य ढकालले अहिले सहज तरिकाले मनोयनको काम जारी रहेको जानकारी दिए । नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिँदै ढकालले कम्तिमा निर्वाचित हुने पदभन्दा दोब्बर उम्मेदवारी दर्ता हुने बताए । सोमबारको उम्मेदवारी दर्ता होटेल सोल्टीमा हुने पनि उनले जानकारी दिए ।

अहिलेसम्म एनआरएनको अध्यक्षमा आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गराएको बताउँदै समय बाँकी नै रहेकाले अरूले पनि तयारी गरिरहेको थाहा आफूले पाएको ढकालको भनाइ छ । शनिबारदेखि उम्मेदवारी दर्ताको चाप बढेको जानकारी दिँदै आज अत्याधिक चाप रहेको पनि बताए ।

१९ तारिख होटेल सोल्टीमा हुने निर्वाचन सम्पन्न भएको आधादेखि १ घन्टाको समयमा मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए ।

उम्मेदवारले प्रस्तावक र समर्थक भेट्न मुस्किल परेको विषयमा सञ्चारकर्मीले जिज्ञाषा राख्दा आफूहरुको मूल उद्देश्यनै धेरैभन्दा धेरै एनआरएनहरुलाई काठमाडौँ बोलाउने रहेको बताए ।

सन् २००३ मा एनआरएन गठन हुँदा संस्थापक सचिवसमेत रहेका ढकालले अहिले अनलाइन मतदान भएका कारण थोरै मानिसहरु नेपाल आउने भएकाले प्रस्तावक र समर्थक दुई–दुई जना राखिएको बताए ।. कम्तिमा १ जना उम्मेदवार बन्दा ५ जना अनिवार्य उपस्थित हुनु पर्ने भएकाले यसले नेपाल आउनेको संख्या पनि बढ्ने उनको भनाइ छ ।

यस्तै, सधैँ दसैँको बेला नेपालमा अधिवेशन आयोजना गर्नु भनेको नेपालीले मनाउने सबैभन्दा ठुलो चाड दसैँका बेला नेपाल आउन पाउने भएकाले यस्तो गरिएको पनि सदस्य ढकालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...