शिक्षा विधेयक–२०८० संविधानको मौलिक हकविपरीत छ : अखिल क्रान्तिकारी

47

काठमाडौँ, २२ असोज । नेकपा (माओवादी) केन्द्रनिकट अनेरास्ववियू (क्रान्तिकारी)ले संसद्‌मा पेश भएको विद्यालय शिक्षा विधेयक–२०८० का विषयमा १३ बुँदे धारणा सार्वजनिक गरेको छ ।

सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठनको १३ बुँदे धारणा सार्वजनिक गर्दै शिक्षा विधेयक २०८० संविधानको मौलिक हकविपरीत रहेकाले अफूहरुलाई अमान्य भएको बताएकी छन् ।

हालै शिक्षकहरुले आन्दोलन गरिसकेपछि सरकारले मौलिक हकविपरीत हुने गरेर सहमति गरेकोमा आपत्ति जनाउँदै सहमतिका कतिपय विषय कार्यान्वयन गर्न नहुने उनको जिकिर छ ।

सिंहले विद्यालयका शिक्षक शतप्रतिशत खुला प्रतिस्पर्धाका आधारमा नियूक्त गरिनु पर्ने माग राखिन् ।“माइतिघर मण्डलामा भीड जम्मा गरेर विद्यालय शिक्षा विधेयक प्रभावित पार्न पाइँदैन, यति धेरै लाइसेन्स लिएका विद्यार्थीहरू छन् उनीहरुलाई समेत अन्याय हुनेगरी शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नु गलत हुन्छ,” उनले भनिन्, “हाम्रो शिक्षालाई राजनीतिक अखडा बनाउनु हुन्न, शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्छ, यदि मागहरू सरकारले सम्बोधन नगरे सडक संघर्षमा जान बाध्य हुनेछौँ ।”

शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लागनी नियमन र सेवामूलक बनाउनु पर्नेमा राज्यले केही मुठ्ठिभर माफियाहरुको स्वार्थका लागि सरकार उत्तरदायीत्वबाट पन्छिएको भन्दै आपत्ति जानाइन् ।

सो संगठनका उपाध्यक्ष नरेश रेग्मीले सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना छोराछोरीलाई निजी विद्यालयभन्दा पनि अनिवार्यरूपमा सार्वजनिक विद्यालयमै पढाउने व्यवस्था जरुरी रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...