सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई उन्मुक्ति

25

काठमाडौँ, २२ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको छ । सरकारी वकिल कार्यालयमा आइतबार सो घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको सिआइबीले पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एआइजी किरण बज्राचार्यका अनुसार सिआइबीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकाल्दै महराका छोरा राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ । भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।

प्रतिवेदनमा ८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय दिइएको छ । सिआइबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।

महराले सुनसहितको भेप छुटाउन दबाब दिएको थिए भने उनका छोरा राहुल महराको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध रहेको देखिएको थियो । यद्यपि, लामो समयसम्म महरासँग बयानसमेत नलिएपछि प्रहरीमाथि चौतर्फी दबाब परेको थियो । त्यसपछि सिआइबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । नेपाल समाचारचपत्रबाट

Share This:
सम्बन्धित खबर
Loading...