जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

26

धनुषा, २१ असोज । जनकपुर बिग मार्टमा गएराति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मोर्टमा अकस्मात लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारूणयन्त्र, नेपाल प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण समान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।

उनले भने, “हामीहरू मार्टको दोस्रो तलामा बसिरहेका थियौँ । मार्टभित्र आगो लागेको थापा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...