मन्त्री श्रेष्ठको स्पष्टोक्ति : कसैलाई आममाफी दिइएको होइन, कैद कट्टा गरिएको हो

28

काठमाडौँ, १६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन् ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताए । उनले अपराधी राजनीतिक तवरबाट छट्नुपर्छ आफूहरूले नभनेको भन्दै यसपटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन् । उनले कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको बताइन् ।

“आममाफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आममाफी दिने भन्ने कुरा छ । र, अहिलेको उसमा आममाफी नै दिइएको छ्रैन । किनभने यो त कैद कट्टा गरिएको हो । कैद कट्टा गरेर छुटाइएको हो,” उनले भनिन्, “हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन । अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि आफूले भोग्नुपर्ने कानुनअनुसार भोग्नुपर्छ । यस पटक आममाफी दिइएको छैन । नबुझेको हो । कैद कट्टा हो ।”

Share This:
सम्बन्धित खबर
Loading...