संसद्‌बाट विधेयक सच्याउँछौँ, आन्दोलन फिर्ता लिनुस् : गगन थापा

142

काठमाडौँ, ४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत् एक वक्तव्य जारी गर्दै महामन्त्री थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् । उनले शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै यसलाई आफूहरूले सच्याउने जनाए । उनले भनेका छन्, “विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्‌मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।”

उनले संसद्‌मा दर्ता भइसकेको उक्त विधेयकमा भएको कमीकमजोरीहरू केलाएर सुधार गर्ने कर्तव्य र जिम्मेवारी विधायिकाको रहेको उल्लेख गर्दै सबै पक्षसँग घनिभूत छलफल र संवादमार्फत् जायज माग सम्बोधनका लागि प्रतिबद्ध रहेको जनाए ।

महामन्त्री थापाले विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबैलाई आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...