काठमाडौँ, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट बञ्चित हुन नदिइने बताए ।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । सरकारले गरेका राम्रा र सकरात्मक कुरालाई भन्दा पनि कसरी बदमान गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको भनाइ थियो ।