काठमाडौँ, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।
बुधबार अपरान्ह भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीको न्युयोर्क र चीन भ्रमण र संसद्मा विचाराधीन रहेको टिआरसी विधेयक र बर्खे अधिवेशनबारे छलफल भएको स्रोतले बताएको छ ।
यसअघि बुधबार नै प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । सभामुखसँग पनि उनले टिआरसी विधेयक संसद्बाट अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।