संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

19

झापा, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउ नमिल्ने बताएका छन् । झापको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण संसद् अवरूद्ध गर्न नहुने बताए ।

“जनताका धेरै कुरा उठाउनुछ,” उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरूद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।”

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...