मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड

40

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको हो ।

बालुवाटार स्रोतका अनुसार माओवादीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर सरकारमा जनमत पार्टीका लागि मन्त्रालय खाली गर्न लागेको हो । जनमतबाट अनिता देवीले आजै मन्त्रीको शपथ लिने सम्भावना छ ।

माओवादी स्रोतका अनुसार मोदीले अपेक्षाकृत काम गर्न नसकेको र जनमतका लागि स्थान खाली पनि गर्नुपर्ने भएकाले उनलाई फिर्ता बोलाउन लागिएको हो । मोदी तेस्रोपटक सांसद बन्दा पहिलोपटक मन्त्री बनेका थिए ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । किरातीको काम पनि सन्तोषजनक नरहेको भन्दै फिर्ता बोलाउन लागिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...