रोनाल्डोको सानदार प्रदर्शनमा अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कपको उपाधि

67

काठमाडौँ, २८ साउन । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासरले पहिलो पटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ ।

साउदी अरेबियाको रियादस्थित किङ्ग फहद स्टेडियममा गएराति सम्पन्न खेलमा अल नासरले साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकालेको हो ।

१० खेलाडीमा समेटिएको अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले २ गोल गरे । अल हिलालका माइकलले गरेको एक मात्र गोल जितका लागि पर्याप्त हुन सकेन । ५१औँ मिनेटमा माइकलले गोल गरेपछि अल हिलालले सुरूवाती अग्रता लिएको थियो । उनले माल्कोमको पासमा गोल गरेका थिए ।

May be an image of 4 people, people playing football, people playing soccer and text

७१औँ मिनेटमा अन नासर १० खेलाडीमा समेटिएको थियो । अब्दुल्लाह अल एम्रीलाई रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु पर्‍यो । ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए । उनले सुल्तान अल घमनको पासमा गोल गरे ।

खेलको ७८औँ मिनेटमा अल नासरका नवाफ बोउसेउलाई पनि पिच बाहिरै रातो कार्ड देखाइयो । त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पुनरागमन जितसहित उपाधि दिलाए ।

खेलको ११५औँ मिनेटमा रोनाल्डो चोट बोक्दै मैदान बाहिरिए । अल अरब क्लब च्याम्पियन्स कपमा ६ खेलमा ६ गोल गरेका ३८ वर्षीय रोनाल्डोले मध्यपूर्व एसियामा आएपछि पहिलो उपाधि जितेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...