काठमाडौँ, २ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज कम्बोडिया प्रस्थान गर्दै छन् ।
अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि उनी आज राति ११ बजे त्यसतर्फ जान लागेका हुन् ।
आगामी साउन ८ गते उनी स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मीलगायत ७ जनाको टोली कम्बोडिया जाने कार्यक्रम छ ।
अध्यक्ष ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।