एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

61

काठमाडौँ, ३० असार । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेको बताएका छन् ।

एमाले काठमाडौँ महानगर कमिटीले आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे ।

एमाले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेअनुसार आज काठमाडौँ महानागर कमिटीले कालीमाटीको टंकेश्वर क्षेत्रको विष्णुमति करिडोर टेकुमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेतालाई पनि सपना देख्न सिकाएको स्पष्ट पारे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाँल, एमाले काठमाडौँ इञ्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सचिव राजेश शाक्यलगायत उपस्थित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...