काठमाडौँ, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बढाथोकीले लाखौँ रूपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ । लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सम्बधित समाचार
- सचिव पाण्डेले कार्यदलको प्रतिवेदन नै ‘कीर्ते’ गरेको निष्कर्ष
- ‘इन्द्रजित राईले रकम असुल्दै जग्गा किन्थे’
- यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता [सूचीसहित]
- कांग्रेसका पूर्वसांसद शेर्पाको बयान : केशव र सानुलाई हिरासतमा भेटेर पीडितहरूको रकम फिर्ता गर्दिनु भनेँ
- सरकारी वकिलको दाबी : टोपबहादुर पनि प्रमुख योजनाकार
- सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरूवा–बढुवादेखि सुन तस्करीसम्म
- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन
- नक्कली शरणार्थी प्रकरण : अभियोगपत्र दायर भइसकेपछि ‘थप संलग्न’माथि मुद्दा लाग्छ कि लाग्दैन ?
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान आज पनि
- नक्कली शरणार्थी प्रकरण : रायमाझीको बयान सकियो
- पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
- नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
- नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणले पनि गरेका थिए मोबाइल फर्म्याट
- मञ्जु मोबाइल बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
- भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
- आरजु र मञ्जुलाई पैसा बुझाएको भन्ने अडियो क्लिप प्रहरीमा, आरजु भन्छिन्– म डराउन्न
- नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी