काठमाडौँ, २८ चैत । कोरोना भाइरस संक्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार ४३६ जनामा गरिएको परीक्षणमा १०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ४६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियू)मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखा परेको छ ।