कांग्रेस संसदीय दलको बैठक बस्दै

43

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।

यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ ।

संघीय संसद भवनको शंकर हलमा बिहान साढे १० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

Share This:
सम्बन्धित खबर
Loading...