गगन थापाप्रति ओलीको व्यङ्ग्य : सत्ता गठबन्धनभित्र निकै ठुलो गडबडी देखिन्छ

40

काठमाडौँ, ४ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्यबारे अहिले नै भन्ने बेला नभएको बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् ।

यसबारे आफूले भनेपछि मात्र थाहा हुनेसमेत ओलीको भनाइ थियो । “अहिले नै यसबारे केही नभनौँ । भन्ने बेला भएको छैन,” ओलीले भने । कहिले हुन्छ त बेला ? प्रश्नको जबाफमा उनले भने, “मैले भनेपछि थाहा हुन्छ ।”

कांग्रेससँग एमालेले २०८४ सम्म सहकार्य हुन्न भनी कांग्रेस महामन्त्री गगनकुमार थापाले दिएको अभिव्यक्तिमाथि समते ओलीले व्यङ्ग्य गरे । “सहकार्य नै हुँदैन भनेर मैले कसम आएको छैन । एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भन्नुभएको छ । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठुलो गडबडी होला । त्यही भएर भन्नुभएको हो कि ।”

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिकभन्दा पनि साँठगाँठ प्रणालीमा चलेको ओलीको आरोप थियो ।

Share This:
सम्बन्धित खबर
Loading...