हतियार देखाएर माओवादीले धम्की दिइरहेको छ : ओली

80

काठमाडौँ, १ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।

एमाले संबद्ध मानवअधिकार क्षेत्रको जनसंगठन मानवअधिकार एलाइन्सको बृहत् राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै ओलीले यसप्रति असन्तुष्टि पनि जनाएका छन् ।

“नेपालको राजनीतिको एउटा पक्ष छ, जसले आफूलाई भनेजस्तो भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ । मानवअधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्, धम्क्याउँछन्,” ओलीले भने, “खुलेआम हाम्रा खुकुरीमा खिया लागेको छैन, बन्दुकमा खिया लागेको छैन भन्छन् ।”

ओलीले बुद्ध जन्मिएको देश भएको हुनाले नेपाल कहिले पनि संयुक्त राष्ट्रसंघको बडापत्र, विश्वव्यापी घोषणाविपरीत मृत्युदण्डको पक्षपाती हुन नसक्ने बताए ।

उनले भने, “मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...