एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

88

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले)को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन् ।

इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री भएका नेम्वाङ २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष थिए ।

अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...