उपराष्ट्रपति निर्वाचन : चारजनाको उम्मेदवारी कायम

87

काठमाडौँ, २८ फागुन । उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चारजनाको उम्मेदवारी कायम भएको छ ।

शनिबार मनोनयन दर्ता गरेकाउपर परेका उजुरीमाथि जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चारजना उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो ।

जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...