उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध जनमत पार्टीले दियो उजुरी

198

काठमाडौँ, २७ फागुन । जनमत पार्टीले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दर्ता गरेको छ ।

राष्ट्रपतिमा पुरूष खसआर्य समुदायबाट निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग राखेर जनमत पार्टीले यादवविरूद्ध उजुरी दिएको हो ।

उपराष्ट्रपतिको उम्मदवार ममता झाले यादवविरूद्धको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको सूचना अधिकारी अमृताकुमारी शर्माले बताइन् ।

यादवविरूद्ध एमालेले पनि उजुरी दिइसकेको छ । निर्वाचन कार्यक्रमअनुसार आज ६ बजेसम्म उम्मेदवारविरूद्ध उजुरी दिने समय निर्धारण गरिएको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारविरूद्ध परेको उजुरीको आइतबार १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...