प्रधानमन्त्री प्रचण्डविरूद्ध मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

197

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्धको रिटको सुनुवाइ सकिएको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।

आजको सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल, ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरूद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीवी वास गिरिले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए । सुनुवाइ सकिए पनि आदेश आउन बाँकी छ । आदेश दिने तयारी भइरहेको छ ।

सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडालगायतकै संयुक्त इजलासले आदेश दिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । सोही आधारमा उनीविरूद्ध मुद्दा हालिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...