काठमाडौँ, १९ फागुन । पूर्वकुमारी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खदा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरेका हुन् ।
बज्राचार्य २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् ।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन् ।