उपसभापति खडका भन्छन्– प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

40

सुर्खेत, १८ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् ।

गृहनगर सुर्खेत आएका उपसभापति खडकाले सो सहमतिअनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको उपसभापति खडकाले जानकारी दिए ।

माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने जनाइरहेको बेला उपसभापति खडकाले उक्त कुरा बताएका हुन् ।

गत पुस १० मा कमजोरी हुँदा नेकपा (एमाले)सहित सात दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकाले भत्काइएको खड्काको भनाइ छ ।

उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोर्‍याए । यो कुरा आफूले २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र आफू त्यसमा अहिलेसम्म पनि अडिग रहेको उपसभापति खड्काको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...