काठमाडौँ, १७ फागुन । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।
सभामुख देवराज घिमिरेले आगमी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
‘मिति २०७९ फागुन १७ गते बुधबारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्यूले बैठक मिति २०७९ चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।