राष्ट्रपति निर्वाचन : पौडेल र नेम्वाङको उम्मेदवारी कायम

60

काठमाडौँ, १७ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो ।

राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदै छ । निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...