भारतबाट घटेर आयो इन्धनको मूल्य

39

काठमाडौँ, ४ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेरन (आइओसी)ले पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँ ९७ पैसा घटाएर पठाएको छ ।

त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ । हवाई इन्धनको मूल्य १ रूपैयाँ ८८ पैसा घटेर आएको छ ।

आइओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ ।

निगमका अनुसार भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटाउनेबारे निर्णय भएको छैन । अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य १७५ रूपैयाँ रहेको छ।

Share This:
सम्बन्धित खबर
Loading...